बाँके : बाँके राप्तीसोनारी गाउँपालिका-२ माथेबास बस्ने १९ वर्षीय राजु कुमालको करेन्ट लागेर शुक्रवार दिउँसो मृत्यु भएको छ ।

सोही गाउँपालिका-२ खैरीखोलास्थित बाँके राष्ट्रिय निकुञ्ज वन्यजन्तु उद्धार खैरीको निर्माणाधीन बाघको खोर कम्पाउण्डमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२०७८ फाल्गुन २८, शनिबार १७:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय