काठमाडौं : युक्रेनमा रूसको आक्रमणले पहिले नै तनावपूर्ण विश्वव्यापी कम्प्युटर चिप आपूर्तिमा थप जटिलता थपिएको छ । रुसी सैन्य आक्रमणले युक्रेनका दुई प्रमुख नियोन आपूर्तिकर्ताले आफ्नो काम रोक्न बाध्य भएका छन् ।

विभिन्न विद्युतीय उपकरणमा आवश्यक चिप निर्माणका लागि नियोन महत्वपूर्ण छ । विश्वको सेमिकन्डक्टर ग्रेड ‘इन्ग्यास’ र ‘क्रेयोन’ को लगभग ५० प्रतिशत माग यी दुई आपूर्तिकर्ताले पुरा गर्दै आएका थिए ।

रोयटर्समा प्रकाशित लेखका अनुसार यी कम्पनीले सेमिकन्डक्टर चिप निर्माण गर्न आवश्यक पर्ने विशिष्ट प्रकारको नियोनको ४५ प्रतिशतदेखि ५४ प्रतिशतसम्म उत्पादन गर्छन् ।

सामान्य परिस्थितिमा, इन्गासले प्रति महिना १५ हजारदेखि २० हजार क्युबिक मिटर नियोन उत्पादन गर्छ, जसको लगभग ७५ प्रतिशत उत्पादन सिधै चिप उद्योगमा जान्छ ।

रुसले युक्रेनमा आक्रमण गर्न सुरु गरेपछि सबैभन्दा सुरुमा क्रेयोनले उत्पादनमा रोक लगाएको थियो ।

तर अब भने इन्गासले पनि आफ्नो काममा रोक लगाएको छ । यसले गर्दा बजारमा विद्यमान चिप उत्पादनमा थप समस्या आउने अनुमान गरिएको छ ।

२०७८ फाल्गुन २८, शनिबार २१:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय