
जनकपुरधाम : मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकि परिक्रमा किशोरी जिको डोलासहित धनुषाको सवैला नगरपालिका स्थित बहुधार्मिक,बहुचर्चित सरोबर सतोषरधाममा आज विश्राम गर्ने भएको छ।
नेपाल र भारतको १५ वटा विश्राम स्थलहरुमा सीतारामको डोलासंगै पदयात्रा गर्ने लाखौं श्रद्धालुहरु आज सतोषरधाम पुग्ने क्रम जारी छ ।
छुट्टै इतिहास बोकेका ऐतिहासिक मिथिला माध्यमिकि परिक्रमा फागु पूर्णिमाको दिन होलिका दहन पश्चात अन्तरगृह परिक्रमा गरि माध्यमिकि परिक्रमा समापन हुने गर्दछ ।
१५ दिवसीय परिक्रमामा सहभागी नभएकाहरु पनि अन्तरगृहमा सहभागी भई माध्यमिकि परिक्रमाको सहयात्री बन्ने गर्छन् । अन्तरगृह परिक्रमा सम्पन्न भएपछि जनकपुरमा होली आरम्भ हुन्छ । मिथिला महात्मयमा उल्लेख भए अनुसार बृहत, मध्यमार लब्धी गरि तीन प्रकारको परिक्रमा गरिने उल्लेख छ।
धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोला तथा जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजीको डोला सहित माध्यमिकी परिक्रमा शुरु हुन्छ ।
नेपाल र भारतको सीमाक्षेत्रका जनताबीच सामाजिक तथा धार्मिक सद्भावका लागि अति नै महत्वपूर्ण मानिएको यो परिक्रमाको क्रममा नेपालका १३ र भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरुमा परिक्रमाबासीले विश्राम गर्ने गर्छन । जम्मा १ सय ३३ किलोमिटर पैदल यात्रा गर्ने परिक्रमा बासीहरु यस अवधिभरीको लागि आफ्नो गांस, बांस र कपासको व्यवस्था गरेर हिड्छन्। File Photo