petrol rate_petrol_nigam_oil_nepalvani_kathamandu_nepal_janakpur

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ ।

नयाँ मूल्य अनुसार उपत्यकामा अब पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ तथा डिजेल र मट्टितेल १३८ रुपैयाँ पर्नेछ । पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार हवाई इन्धन प्रतिलिटर १५१ रुपैयाँ पुगेको छ भने अन्तराष्ट्रियतर्फ प्रतिकिलोलिटर २०० डलर बढेको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ । रुसले युक्रेनमाथि युद्ध सुरु गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको छ । त्यसको असर नेपालमा पनि परेको हो ।

२०७८ चैत्र ३, बिहीबार ०६:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय