काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि सञ्चालन गर्ने भएको छ।

परीक्षा तालिका भने शुक्रबार (आज) मात्र सार्वजनिक गरिने बोर्डका एक अधिकारीले जानकारी दिए। उनका अनुसार शुक्रबार बस्ने बोर्ड बैठकले जेठ १८ बाट परीक्षा सञ्चालन गर्ने प्रस्ताव स्वीकृति गरेपछि सम्भवतः साेही दिन तालिका सार्वजनिक गरिनेछ।

परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गरिने बताइएको छ। आज बस्ने बैठकले प्रश्नपत्र अनलाइनका माध्यमबाट पठाउने निर्णयसमेत गर्नेछ।


२०७८ चैत्र ४, शुक्रबार ०७:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय