काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई आउँदो चुनावमा १३ सिटमा झारिदने बताएका छन् ।

एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पाँच वर्षअघि २३ मा झारिसकेकाले अब १३ सिटमा झारिदिनु पर्ने बताएका हुन् ।

‘यो गठबन्धन केही होइन । पाँच वर्षअघि बुढो कांग्रेस २३ सिटमा झरेको होइन ?’ कार्यकर्तालाई निर्देशन दिंदै उनले भने, ‘अब १३ सिटमा झार्नुपर्छ । लाग्नुस् न !’ कांग्रेसलाई ६० वर्षमाथिका ज्येष्ठ नागरिकले मत नदिने उल्लेख गर्दै उनले युवाहरूले झन भोट हाल्नुपर्ने कारण नभएको जिकिर गरे ।

यस्तै गठबन्धनमा रहेको एकीकृत समाजवादीलाई पार्टी नै नबनेको भन्दै अध्यक्ष ओलीले यही चुनावमै समाप्त हुने टिप्पणी गरे । गठबन्धनको अर्को घटक माओवादी केन्द्रलाई यसअघि एमालेले बचाइदिएको दाबी गरे ।

साथै स्थानीय तहको निर्वाचनको सन्दर्भमा अमध्यक्ष ओलीले गडबढ हुने भन्दै मतपेटिका आफूहरूको आँखै अगाडि राख्नुपर्ने माग गरे । लाह छाप लगाए पनि कोठाभित्र राखेका बाकसको भर नहुने भन्दै उनले त्यसको पहरेदारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।

२०७८ चैत्र ५, शनिबार १२:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय