काठमाडौं : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नका लागि नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द शाहले राजीनामा दिएका छन् । जागिर अवधि अझै १३ महिना बाँकी रहेको समय साहले राजीनामा दिएका हुन् ।

स्रोतका अनुसार गत फागुन १० गते साहले दिएको राजीनामा स्वीकृत भइसकेको छ । यता राजिनामा दिइसकेका एसएसपी साहले जागिर छाडेको स्वीकारे । उनले भने, ‘हो, मैले राजीनामा दिएको हो । अहिले उनी आफ्नो गृहजिल्ला धनुषामा रहेका छन् ।

२०४९ चैतमा प्रहरी इन्सपेक्टरबाट सेवा थालेका साहको इन्सपेक्टरका ब्याची नेपाल प्रहरीको भावी आईजीपीको लाइनमा छन् । वैशाख १८ मा उनका इन्सपेक्टर ब्याचीमध्ये एकले नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

डीआईजीमा बढुवा हुने सम्भावना नदेखिएकाले बेलैमा राजीनामा दिएको साहले बताए । उनले स्थानीय तहको चुनावमा विदेह नगरपालिकामा प्रमुखमा उठ्ने तयारी गरिरहेका छन् । साले आफू नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने तयारी गरिरहेको पनि बताए ।

२०७८ चैत्र ७, सोमबार २३:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय