
काठमाडौं : हाल चिप प्रतिबन्धका कारण ह्वावेले आफ्ना फोनमा फाइभजी नेटवर्कको सुविधा दिन सकेको छैन ।
यही कुरालाई मध्यनजर गर्दै ह्वावेले फोनको यस्तो कभर (फोन केस) बनाउँदै छ, जुन फोरजी फोनमा प्रयोग गरियो भने फाइभजीमा रुपान्तरण गरी चलाउन सकिन्छ ।
विबोमा प्रकाशित एक जानकारी अनुसार ह्वावेले निर्माण गरेको यो कभर ह्वावेका फोरजी फोनका लागि मात्र ल्याउन लागिएको छ । यो कभर प्रयोग गरियो भने फाइभजी नेटवर्क स्वतः इनेबल हुने दावी गरिएको छ ।
तर, यो कत्तिको प्रभावकारी हुन्छ भन्ने विषयमा कम्पनीले परीक्षण गरेको छैन ।
समाचार अनुसार फोरजी फोनमा फाइभजी सेवा लागू गर्न जुन कार्य थालिएको छ, त्यो फाइभजी चिपसेटको तुलनामा निकै कम प्रभावकारी हुने देखिन्छ । तर, फाइभजी सेवाबाटै प्रयोगकर्ता वन्चित हुनुभन्दा फाइभजी इनेबल गर्ने कभर हुनु केही उपयुक्त विकल्प चाहिँ हो ।
हाल ह्वावले कभर लन्च गर्नेबारे केही आधधिकारिक सूचना भने बाहिर ल्याइसकेको छैन ।