काठमाडौं : पर्यटनमन्त्री प्रेम आलेले बक्यौता बुझाउन तीन क्यासिनोलाई अल्टिमेटम दिएका छन् । ती क्यासिनोले साढे ९० करोड बुझाउन बाँकी रहेकामा मन्त्री आलेले पाँच दिनको अल्टिमेटम दिएका हुन् ।

पटक-पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि ती क्यासिनो सञ्चालकले रोयल्टी र नवीकरण बापतको बक्यौता नतिरेपछि आलेले मन्त्रीस्तरीय निर्णयबाट अल्टिमेटम दिएका हुन् ।

विभागले सार्वजनिक सूचना जारी गरी रक इन्टरनेशनल प्रालि काठमाडौंको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौंको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (¥याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड बक्यौता रहेको जनाएको छ ।


२०७८ चैत्र १०, बिहीबार ०७:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय