
काठमाडाैं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन आगामी निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको बताएका छन्।
शनिबार काठमाडौंमा बीपी स्मृति सामुदायिक सहकारी अस्प्तालको १४औं वार्षिक साधारसभा उद्घाटन गर्दै देउवाले पार्टीभित्र सबै नेताले जितोस् र पार्टीलाई बलियो बनाउन नै गठबन्धनको आवश्यकता रहेको बताएका हुन्।
उनले आफ्नो कतव्र्य भनेको नै पार्टीलाइ जिताएको जिकिर गरे। उनले गठबन्धनको कुरा गरेर आफुले केहि नविगारेको र पार्टीको हितका लागि नै काम गरेको दाबी गरे। अहिले पनि नेकपा एमाले बलियो नै रहेको र कांग्रेसले गठबन्धन नगरे एमाले र माओवादी मिल्ने सम्भावना रहेको देउवाले बताए।
बिपी र सुवर्णसमशेर देखि नै पार्टी भित्र गुट रहेको भन्दै उनले तत्काल पार्टीको गुट अन्त्य हुन नसक्ने तर्क गरे। त्यस्तै नले संसद विघटन गर्दा नै आफू चुनावको पक्षमा रहेपनि संसद पुनःस्थापनापछि सवैको सहयोगमा प्रधानमन्त्री बन्नु गलत नभएको बताए।
उनले पार्टीलाई कमजोर बनाउन नहुने सुझावलाई सकारात्मक रुपमा लिएको उल्लेख गरे। प्रधानमन्त्री देउवाले मुलुकको व्यापार घाटा आफ्नो कारणले नभएको र एमसिसीका कारण व्यापार घाटा कम हुने दाबी गरे।
कार्यक्रममा कांग्रेस नेता शेखर कोईरालाले कांग्रेसको आफ्नै बिचार र सिद्धान्तले निर्वाचनमा जानुपर्ने बताए। गठबन्धनका कारण कांग्रेसको अवस्थामा भारतीय कांग्रेसकै जस्तो हुन्छ की भन्ने आशंका पैदा भएको उहाको भनाइ थियाे।
कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए।