
जनकपुरधाम : धनुषा जिल्लाको विदेह नगरपालिकाको तिनकोरिया चोकस्थित रहेको एक पान पसलमा गएराती करिब ११:३० बजेको समयमा अज्ञात व्यक्तिले आगो लगाएको भन्दै अहिले चोकको अवस्था तनावग्रस्त बनेको छ ।
आगो लगाउँदा पनि करिब ५० मिटरकै दुरीमा रहेको प्रहरीचौकी तिनकोरियाले खवर नपाएको तथा प्रहरीले नै डयुटी नदिँदा कसैले आगो लगाएको भन्दै स्थानीय व्यापारीहरुले प्रहरी चौकी तिनकोरिया घेराउ गरेपछि तनावग्रस्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट आएको प्रहरी टोलीले सडक जाम खुलाउने प्रयास गरेको थियो । स्थानीय व्यापारीहरुले सुक्ष्म अनुसन्धानको माग गर्दै सडकजाम गरेको हो ।
अहिले प्रहरी चौकी तिनकोरियालाई घेराउ गरी स्थानीय व्यापारीहरुले प्रदर्शन गरिरहेका छन् । प्रहरीले झडप नियन्त्रण गर्न आँशु ग्याससमेत प्रहार गरेको छ । उक्त झडपबाट ३ स्थानीय र दुई प्रहरी घाईते घाइते भएका छन् ।
समस्या सुल्झाउनको लागि जनकपुरधाम उद्योग वाणिज्य सँघका पदाधिकारीहरु समेत आएका हुन् ।