जनकपुरधाम : मधेस प्रदेशको प्रदेशसभा बैठकमा जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रमोद साहमाथि भएको आक्रमणको छानबिन गर्न माग गरिएको छ । आइतबारको बैठकमा सत्तारूढ जसपाका सांसद बिन्देश्वर प्रसाद यादवले शून्य समयमा बोल्दै उच्चस्तरीय छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका हुन् ।

शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिका बयलवासमा दुई पक्षबीच झडप हुँदा सांसद साहको टाउकोमा गम्भीर चोट लागेको थियो ।

“जनप्रतिनिधिमाथि संघातिक अक्रामण भएको छ । असहनीय भएको छ,” सांसद यादवले भने,”यसरी नै जनप्रतिनिधमाथि आक्रमण भयो भने अन्याय हुन्छ । घटनाको उच्चस्तरीय छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्छु,” यादवले भने ।

जसपाका अर्का सांसद सञ्चमाया मोक्तानले पनि सर्लाही घटनाको छानबिन हुनुपर्ने माग गरिन् । घटनाको कारण खोजी दोषीलाई कारबाही हुनुपर्ने उनको माग थियो ।

२०७८ चैत्र १३, आईतवार १७:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय