Accident__dhanusha_sabaila_nepalvani

गोविन्द महतो ,

जनकपुरधाम : धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु भएको छ । सोमबार राति सबैला नगरपालिका १२ बरकुर्वामा ज.६प. ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना हुदा ४ जना बालकको मृत्यु भएको हो ।

मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ४ जनाको मृत्यु र घटनास्थलमा ५ जना घाइते भएको भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजकुमार लुइँटेलले जानकारी दिए ।

घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याएपनि चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैला नगरपालिका २ बस्ने १५ बर्षीय राहुल यादव, १२ बर्षका लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ बर्षका सुमित यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा सबैला २ का १९ बर्षीय सुरेन्द्र यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । ‘दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन’ जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता बस्नेतले भने, ‘घाइतेको भनाइलाई मान्ने हो भने पाँचै जना सवार भएको मोटरसाइकल दुर्घटना भएको छ ।’ तर यकिन विवरण खुल्न सकेको छैन, प्रहरी नायव उपरीक्षक बस्नेतले घटनावारे बुझ्न् प्रहरी टोलि पुगिसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७८ चैत्र १४, सोमबार २२:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय