
झापा : सवारीसाधनको ठक्करबाट झापामा शनिबार बिहानै मर्निङवाकमा निस्केका एक जना शिक्षकको मृत्यु भएको छ।
शनिवार बिहान पिकअप भ्यानले ठक्कर दिँदा दुर्गा मावि गरामनीका शिक्षक कृष्णप्रसाद निरौलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पुष्पलाल चोक नजिकै प्र १–०१–००१ च ५१०७ नम्बरको पिकअप भ्यानले शिक्षक निरौलालाई ठक्कर दिएको थियो।