File Photo

राजविराज : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जमिनलाई चकलाबन्दी गरी कृषिमा आधुनिकीकरण र औद्योगिकीकरण गरिए मात्र देशमा व्याप्त गरिबी र बेरोजगारी अन्त्य हुने बताएका छन् ।

सप्तरीमा आइतबार आयोजित छुट्टा छुट्टै चार ओटा सडक शिलान्यास कार्यक्रमलाई सम्बोधनगर्दै उनले यस्तो बताएका हुन् । आर्थिक समृद्धिका लागि कृषिमा आधुुनिकीकरण हुनुुपर्नेमा जोड दिँदै अध्यक्ष यादवले भने ‘नयाँ कृषि नीति ल्याएर कृषिमा आधुनिकीकरण र औद्योगिकरण गरिए गरिबी र बेरोजगारी समस्या सदाकालागि समाधानहुनेछ ।’

मधेशको विकासमा अत्यन्त न्यूून लगानी भईरहेको आरोप लगाउँदै जसपा अध्यक्ष यादवले जनसंख्याको आधारमा विकासमा लगानी सन्तुुलित रुपमा हुुनुुपर्ने आवश्यकता औंल्याए । सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य समेत रहेका उनले आर्थिक समृद्धि र विकासका लागि शिक्षा, स्वास्थ्य, सडक संरचना र उत्पादन आवश्यक रहेकोले सोही अनुुरुप आफुुहरुले प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताए ।
विकास निर्माणको क्षेत्रमा सप्तरी जिल्ला अत्यन्तै पछाडि रहेको अवस्थामा भारत स्थित निर्मलीको ६ लेनको सडकसँग जोड्न न्यौर, छिन्नमस्ता, राजविराज, रुपनी हुँदै गाईघाटदेखि सोलुखुम्बुुसम्म जोड्ने सडक सञ्जाल निर्माण कार्य भईरहेको चर्चा गरे । जिल्लामा रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिंग कलेज, इन्जिनियरिंग कलेज, कृषिविश्व विद्यालयका साथै सडक सञ्जाल विस्तार कार्य भईरहेको बताउँदै उनले भने ‘अबको केही वर्षभित्रै सप्तरी जिल्लाको मुुहार फेरिदैछ, विकासको नमूूना केन्द्र बन्दैछ ।’

Dighawa ko biraul ma Silanyas gardai Upendra Yadav (3)

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुु कुमारी यादवले वर्षौंदेखि अवरुद्ध रहेका निर्माण आयोजनाहरुको निर्माण कार्य अहिले द्रूतगतिमा भईरहेको तथा नयाँ निर्माण कार्यहरु समेत तोकिएकै समयमा सम्पन्न हुने गरी काम भईरहेको बताइन् । सडक निर्माणलाई आफुुले प्राथमिकतामा राखेको जानकारी दिँदै सर्वसाधारणको सहज पहुुँच बढाउन गाउँ गाउँसम्म जोड्ने सडक सञ्जाल विस्तार कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको मन्त्री यादवले जानकारी दिईन् ।

मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले पचास वर्षमा नभएको विकास निर्माण कार्य मधेशमा चार वर्षमा भएको बताए । पहिचानको आधारमा प्रदेशको नामाकरण मात्र नभई देशमै संघीयताको नमूना अभ्यास मधेश प्रदेशमा भईरहेको उनले दावी गरे । प्रदेश सभा सदस्य मनिस सुुमन जसपाका जनप्रतिनिधिहरुले चुुनाव अघि गरेका बाचाहरु पुरा गरेर देखाएको बताउँदै विकास विरोधीहरुको मुुख आफै बन्द भएको बताए ।

कार्यक्रममा राजविराज नगरपालिकाका मेयर शम्भुु प्रसाद यादव लगायतका वक्ताहरुले मन्तब्यव्यक्त गरे ।

Dighawa ko biraul ma Silanyas gardai Upendra Yadav (3)

 


२०७८ चैत्र २०, आईतवार २०:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय