
नेपालवाणी ।
नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले देशमा सुशासन भएको भए प्रमु साह जेलमा कारावास भोगेर बस्नुपर्ने व्यक्ति भएको बताएका छन् । रौतहटको मौलापुरमा सुशासन पार्टी जिल्ला समितिद्वारा आयोजित सभालाई सोमबार सम्बोध गर्दै नेकपा एमालेका नेता प्रभु साह हाल जेलनेलमा बस्नुपर्ने मानिस भएको बताए ।
उनले भने, “तत्कालिन अनुसन्धान अधिकृतको हैसियतबाट बोल्दैछु, यदि साच्चिकै देशमा सुशासन भएको भए प्रभु साह जेलमा बस्नु पर्ने व्यक्ति हो । हिन्दु संघ बिरगंजको अध्यक्ष काशीनाथ तिवारी हत्याकाण्डमा प्रभु साहको संलग्नता रहेको दोहर्याउदै हत्यारा, भ्रष्टाचारीलाई सजाय दिलाउन तथा देशमा सुशासन कायम गराउन नेपाल सुशासन पार्टी स्थापना भएको हो ।”
पुर्व गाविस उपाध्यक्ष सत्यनारायण पटेलको अध्यक्षतामा भएको सभामा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार यादव, केन्द्रीय सदस्य सविता झा, केन्द्रीय सदस्य तथा मौलापुर नगरपालिका मेयर प्रत्यासी आर सि यादव, जिल्ला अध्यक्ष रञ्जित कुमार पटेल सहितका वक्ताले मौलापुर नगरपालिकामा भएको भ्रष्टाचारको छानबिन गरि कडा कार्वाही गर्न सम्बन्धित निकायसंग जोडदार रुपमा माग गरे । सो अवसर बिभिन्न पार्टी परित्याग गरि सुशासन पार्टी प्रवेश गर्नेलाई केन्द्रीय अध्यक्ष खरेलले फुलको माला र टिका लगाई पार्टी प्रवेश गराए ।