काठमाडौं : नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामामा १ सय रुपैयाँले बढेर तोलाको ९८ हजार ८०० रुपैयाँ कायम गरिएको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ३०० रुपैयाँ तोकिएको छ। यसअघि सोमबार छापावाला सुन तोलाको ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने सोमबारको तुलनामा १० रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रतितोलाको १३४० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोलाको १३५० रुपैयँमा कायम गरिएको थियो।


२०७८ चैत्र २२, मंगलवार ११:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय