स्याङ्जा : वालिङ्स्थित एक पसलबाट झण्डै ५ लाख मुल्य बराबरको जिन्सी सामग्री चोरी गरी फरार रहेका २० वर्षीय युवालाई सिरहाबाट पक्राउ गरी स्याङ्जा ल्याइएको छ।

एउटै पसलबाट १५ थान मोबाइल, ५२ थान घडी, ३ थान स्पीकर र रिचार्ज कार्ड समेत गरी ४ लाख ९६ हजार ६ सय ५० रुपैयाँ मुल्य बराबरका सामान चोरेर भागेको राजेशकुमार दनुवार १० दिनपछि फक्राउ परेका हुन्।

यही चैत ८ गते वालिङ् १ रामबाच्छास्थित अलइन वन हाउसबाट मोबाइल, घडी, स्पिकर, मनिटर, चेन, (एनसेन, नमस्ते) का रिचार्ज कार्ड, डाटाकेवल, मोबाइल चार्जर, चावी कभर, घडीका चेन, चश्मा, पसल मालिकका नागरिकताका सक्कली प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, केही बैंकहरुका चेकबुक चोरीगरी भागेका दनुवारलाई सिरहाको गोलबजारबाट पक्राउ गरी ल्याइएको प्रहरी उपरीक्षक राजिवबहादुर बस्नेतले जानकारी दिए।

प्रहरीले सीसी क्यामराको आधारमा खोजतलास गर्दा पक्राउ गर्न सहज बनेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए। इलाका प्रहरी कार्यालय गोलबजारको सहयोग र समन्वयमा पक्राउ गरिएको उनले बताए। सामानसहित उनलाई चैत १८ गते गोलबजारस्थित उनकै घरबाट पक्राउ गरेो हो। केही वर्षअघिदेखि दनुवार वालिङ बस्दै आएका थिए। दनुवारलाई स्याङ्जा जिल्ला अदालतबाट सोमबार म्याद थप गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको स्याङ्जा प्रहरीले जनाएको छ।

२०७८ चैत्र २२, मंगलवार १०:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय