जनकपुरधाम : माओवादी केन्द्रबाट निर्वाचित धनुषाको विदेह नगरपालिकाकी उपप्रमुख निलम मण्डल एमालेमा प्रवेश गरेकी छिन् ।

गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख मीनाकुमारी यादव एमालेमा प्रवेश गरेको एक दिन नबित्दै उनले प्रवेश गरेकी हुन् ।

त्यस्तै मधेस आन्दोलनको समय अग्रस्थानमा रहेका युवा सुशिल कर्ण पनि एमालेमा प्रवेश गरेका हुन् ।

मधेस केन्द्रित दल त्याग्दै उनले एमालेमा प्रवेश गरेका छन्। उनीसँगै व्यवसायी मौसम बजाज, किसन मण्डल, रोशन यादवसमेत एमालेमा प्रवेश गरेका हुन् ।

एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले नवप्रवेशीलाई पार्टीमा प्रवेश गराएका हुन् ।


२०७८ चैत्र २२, मंगलवार १२:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय