जनकपुरधाम : किसानहरुलाई ब्यबसायिक रुपमा तरकारी खेती गरी आत्म निर्भर बनाउन तथा बजारीकरण गर्नका लागि तरकारी उत्पादक कृषक र ब्यापारी बीच व्यवसायिक बिकास सम्बन्धी आज धनुषाको शहिद नगर नगरपालिकाको हठ्ठीपुरमा एक कार्यक्रम गरेको छ ।

किसानले उत्पादन गरेको तरकारीको उचित मुल्य नपाएपछि खेतमै कुहिनु पर्ने तथा किसानलाई आर्थिक क्षति हुने गरेका कारण मुल्य श्रृंखला मार्फत उचित बजारीकरण कसरी गर्ने भन्ने उदेश्यले कृषि बिकास बैंक खजुरी शाखाले उक्त कार्यक्रम गरेको हो ।

किसानले उत्पादन गरेको तरकारी उचित मुल्य तथा बिक्रि बितरण नहुदाँ मार्कामा परेको भन्दै बीटा कार्यक्रम मार्फत सो समस्या समाधान हुने कृषि बिकास बैंक, मधेश प्रदेशका क्षेत्रिय निर्देशक तिलक प्रधानले बताए । उनले भने किसानले उत्पादन गरेको स्वच्छ र स्वस्थ तरकारी यस कार्यक्रम मार्फत खेत देखि बजार सम्म पुरयाउने कार्यमा कृषि बिकास बैंकले सहजीकरण गर्ने छ ।

तरकारी उत्पदन गर्ने किसानहरुको आयस्तर बढाइ कसरी ब्यबसायिकरण गर्न सकिन्छ भन्दै उनिहरुको उत्पादन क्षमता बृद्धि गरी बजारको माग र उत्पादनको संतुलन समेत यसै कार्यक्राम मार्फत गर्ने डिजिटल फाइनानसियल अफिसर अम्बिकेश कुमार झा ले बताए । झा का अनुसार बीटा कार्यक्रम संगै किसानहरुलाई बिस्तारै डिजिटलाईज गर्ने र किसान कार्ड मार्फत क्यासलेस बनाउने सरकारको निति रहेको बताए ।

मधेश प्रदेशमा २० हजार घर परिबारलाई यस कार्यक्रम मार्फत प्रत्यक्ष फाईदा हुने भन्दै धनुषामा कृषि बिकास बैंकको खजुरी, सबैला र मिल्स एरिया गरी तिन वटा शाखा मार्फत ७ वर्षका लागि यो कार्यक्रम सञ्चालन हुने जानकारी गराए ।

नेपाल सरकार र अर्थ मन्त्रालयको संयुक्त अभ्यास तथा नेपाल सरकारको बजेट भित्र रहेको किसान कार्ड, किसान एप्प तथा क्यास प्वाईन्ट, मर्चेन्टबारे हाम्रो शाखाले किसानको घर दैलोमा पुगेर जानकारी गराई रहेको कृषि बिकास बैंक खजुरी शाखाका फिल्ड सहजकर्ता बिकास राजबंसीले बताए । तरकारी खेतीकालागि किसानहरुलाई यस बैंकले न्युनत्तम ब्यजदरमा ऋण सुबिधा उपलब्ध गराउने उनले प्रतिबद्धता गरे ।

२०७८ चैत्र २२, मंगलवार २०:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय