फाइल फोटो / निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि जारी गरिएको आचारसंहिता स्वच्छ र निष्पक्ष निर्वाचनका लागि रहेको भन्दै राजनीतिक दलले मात्र नभई सबैले पालना गर्नुपर्ने बताएको छ ।

नियमित पत्रकार सम्मेलनका क्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आचारसंहिता कसैलाई अप्ठ्यारो पार्ने भन्ने भन्दा सहजताका लागि भएकाले आ–आफ्नो ठाउँमा जिम्मेवारी सबैले पूरा गर्नुपर्ने बताएका हुन् ।

उनले दलहरुले उठाएका केही विषयमा पनि आयोगले छलफल गरेर त्यसपछि आचारसंहिता कहिलेदेखि लागू गर्ने भन्ने निर्णय गर्ने प्रष्ट पारे।

उनले निर्वाचनको तयारीको अन्य प्राविधिक काम तीव्र रुपमा भइरहेको समेत प्रष्टाए ।


२०७८ चैत्र २५, शुक्रबार ०५:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय