काठमाडौं : सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनील पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले सङ्गीता पहाडी अर्याल, बुद्धि आचार्य र सुनील पौडेलको नाम सिफारिस गरेको थियो ।

२०७८ चैत्र २५, शुक्रबार ०६:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय