दृश्य : जानकी मन्दिर

२०७८ चैत्र २७ गते, आइतवार, १० अप्रिल २०२२। चैत्र शुक्लपक्ष नवमी तिथि। तिष्य नक्षत्र। चन्द्रराशि– कर्कट।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। मान्यजनको सुझाव शिरोधार्य गर्दा तत्काललाई अन्योल टर्न सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रन सक्छन्। ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। पहिलेका सम्झौता ताेडिन सक्छन्। अरूको भरपर्दा काममा पछि परिनेछ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। दोहोर्याएर प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भने भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। पहिलेका चुनौती पन्छाउँदै रोकिएका काम गर्न सकिनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। समय लागे पनि दाेहाेर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पछिका लागि लगानी जुटाउन सकिनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
जिम्मेवारी प्राप्त भए पनि तत्काल लाभ नहुन सक्छ। प्रतिष्ठाका लागि शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। समय दिन नसक्दा नियमित काम राेकिन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ल। आफ्नै अधिकारकाे वस्तुमा समेत अरूले दाबी गर्नेछन्। दोहोर्याएर प्रयत्न गर्दा बिग्रिएको काम सच्याउन सकिनेछ। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। सामान्य श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। कामको चाप बढ्नेछ भने समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्न सक्छ। फाइदाका लागि केही वस्तु त्याग गर्नुपर्ला।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। सेवामूलक कामले नाम र प्रतिष्ठा दिलाउनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। प्रतिस्पर्धाको दौडमा केही कमजाेर सावित भइनेछ। कामको चाप बढ्नेछ तर शरीर कमजोर बन्नेछ। सामान्य काममा धेरै धन र श्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तारिफयोग्य कामले अरूको समेत उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग विशेष लाभदायी बन्नेछ।


२०७८ चैत्र २७, आईतवार ०५:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय