काठमाडौंः आज रामनवमी पर्व परेको छ। चैत्र शुक्ल नवमीका दिन भगवान् रामको सम्झनामा मनाइने यस पर्वका अवसरमा देशभरका राम मन्दिरहरूमा पूजापाठ गरेर मनाइँदैछ।

रामनवमीकै अवसरमा आज देशभर सरकारले सार्वजनिक बिदा समेत दिएको छ।

त्रेतायुगमा आजकै दिन भगवान् रामको जन्म भएको पनि विश्वास गरिन्छ। अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको पुत्रको रूपमा रामको जन्म भएको थियो। उनलाई भगवान् विष्णुको सातौं अवतारको रूपमा समेत मानिन्छ।

राजाहरूमध्ये सबैभन्दा उत्कृष्ट राजा पनि रामलाई नै मानिन्छ। उनले सञ्चालन गरेको राज्यलाई रामराज्य भनिन्छ। र, अहिले पनि विश्वकै आदर्श राज्यको रूपमा यसलाई लिइन्छ। रामराज्यमा न कोही दुःखी थिए, न दरिद्री, न कोही मूर्ख थिए न कोही दुर्लक्षणले युक्त नै।

‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख भएअनुसार आजका दिन व्रत बसी श्रीरामको पूजापाठ तथा जपध्यान गरेमा चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुनेछ।

२०७८ चैत्र २७, आईतवार ०६:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय