काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका केही प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।

यतिबेला प्रदेश नं १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली भइरहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।


२०७८ चैत्र २७, आईतवार ०७:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय