
जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिल झालाई पक्राउ गरेको छ ।
आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामकाे भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको ५ लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख झालाई पक्राउ गरेको र उनीमाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए ।