गोविन्द महतो,

जनकपुरधाम : सेता कफनमाथि राखिएका शवमा सेता र रातो कपडा ‘फुल अनि अबिर उनले हटाईदिन खोजिन । उनलाई लाग्यो होला कतै कफन भित्र श्रीमान् जिउँदै छ की’ किन सेता कपडा र फुल अहिले नै तयार पार्नु । कामबाट फर्केपछि उनी श्रीमान्को हात समाउँदै छोरा–छोरीलाई धेरै पढउनुपर्छ भन्ने गर्थिन, हामी त पढ्न सकेनौं तर छोरा–छोरीलाई धेरै पढाएर ठुलो मान्छे बनाउने भन्थिन, तर उमेर नपुग्दै भगवान कहाँ गए ।

तर उनले चाहेजस्तो भएन ‘कफन माथिको सेता कपडा र फुल हटाउन खोज्दा कसैले भन्यो, यो अहिले यहि हुनदिनु न…। कफनलाई सुम्सुम्याईन भित्रबाट चाँदनी भन्दै भनेर श्रीमान्ले बोलाउँछकी भनेर एकोहोरिईन । अँह श्रीमान बोलेन, बोल्दै बोलेन । हेर्दाहेर्दै भएका मानिस सबै उनको वरिपरि जम्मा भए कोहि दाउरा ल्याउन लागे कोहि पराल.. कोहि चिता सजाउन थाले त कोहि घिउ, आगो बातिको जोहो गर्न थाले । कसैले भन्यो ल अब कफन खोलौं, ढिला नगरौं, लगिहालौं ।

अहाँ ओम्ह जाऽक बैसु । तपाँई अब उता गएर बस्नु… कफन अंगालो हालेर भुँईमा रोईकराई, आलाप–बिलाप गरेर बसिरहेकी उनलाई कसैले भन्यो तर उनि उठिनन.। कसैले समातेर उठायो । उनि उठिन, बरु मुर्छा परिन । श्रीमति चाँदनीले श्रीमान् सरोजको शव देखेपछि भक्कानो फोडेर मेरो देउता, मेरो जीवन, मेरो भगवान भन्दै कतिबेला मुर्छा पर्थिन त कुनै बेला उनलाई अलिपर लान खोज्दै थिए सबैजना । तर तान्नखोज्ने हात पन्छाउँदै उनले श्रीमान् सरोजको मृत शरिरलाई समातेर बेसरी रुन्थिन् । रुवाबासीका बीचमा पनि शुन्यता छायो । कसैले जवाफ दिन सकेन आखिर के भयो सरोजलाई, किन सरोजले उनलाई एक्लै बनाएर गयो ?

कफन भित्र शरिरमा बेरिएको सेतो कपडाले अनुहार अझै छोपिरहेको थियो । श्रीमान्को लास आँखामा आँशु छैन.. मुखमा बाक्य छैन‘ तर रुवाई रोकिनसक्नु छ । एकै पटक बिजुली चम्किए जस्तो स्फुर्ति आयो उनको शरिरमा समातेर उभिएकालाई झट्कार्दै घुँडा टेकेर कफनसँगै बसिन । सबैले सम्हाल्न खोज्यो तर गहुँग्रो मन कहाँ सम्हिलिन्थ्यो र !


गयौं ? हात मुर्सादै उनले आफ्नै हातले टाउकोमा दुईपटक ठोकिन अनुहार हेर्न खोजिन । विस्तारै कपडा उघारिन.. मृत श्रीमानको अनुहार उनैतिर फर्किएको थियो । तर उनलाई हेरिरहेको थिएन । बोलिरहेको थिएन । कपाल सुम्सुम्याईन र भनिन, ‘यत्तिका लागि सबै कुरा छिटो छिटो भनेका थियौं । छिटो जान खोजेका रहेछौ । जान पनि कति हतारो ?’ उता कोही अनुहार हेर्न नसकेर ढल्यो.. कसैले पानी छम्किन थाल्यो । तर श्रीमती त श्रीमान्को अनुहार हेरिरहेकी थिइन । बोली रहेकी थिइन् । तर के बोली रहेकी थिईन त्यो कि त उनले बुझ्दथिन कि त उनकै मृत श्रीमान्को आत्माले ।

अनुहार भाव विहिन । आँखा आँसु बिहिन । बोली संवाद बिहिन । मन शान्ति बिहिन शान्ति । हो शान्ति बिहिन । तर बेचैन बुवा रामानन्दन मण्डलको मन एउटा छोरो वितेको केही वर्ष नवित्दै मनमा फेरी एकपटक बिजुली चम्कियो । बल्ल उनले थाहा पायो । हतार गर्ने मेरो छोरा त गईसकेछ । डाँको छाडेर रोए । रुवाई अड्कियो‘ घाँटी क्याप्प भयो । अक्कबक्क भयो झण्डै ढल्न खोजेको रामानन्दनलाई गाउँलेहरुले सम्हाले । ए पानी ल्याओ पानी ….।


धनुषाको धनौजी गाउँपालिका स्थित बहुअर्वा गाउँ शोकमग्न छ । गाउँका एक हार युवकमाथि तलवार प्रहारको ८ महिना पश्चात असामयिक निधनले महिनो पूराना समस्या अहिले विकराल रुप लिएको छ । मृत्युलाई कुनैपनि परिस्थितिमा सहज मानिदैन । मृत्यु असहज हुन्छ ! यद्दपी आफ्नो आल्पायुले कसैको मृत्यु भएमा पीडा थोरै कम अनुभूति हुन्छ । तर अपराधिक किसिमले कसैको हत्या गरेका आरोपीलाई दण्डको सट्टा माफि दिएपछि मृत्यु परिवार र समाजका लागि अत्यधिक पीड़ादायी भएको छ ।

घटना हो गत भदौ २६ गते राति २ बजे बहुअर्वा बजार चोकमा गणेश पुजा मेला हेरिरहेको अवस्थामा सरोज मण्डलको पेटमा तरवारले हानेको थियो । मेला हेर्न क्रममा गाउँकै अमित कुमार मण्डल, मनिष कुमार मण्डल, राजिव कुमार मण्डलसंग आपसी विवाद भयो । सोही विवादमा प्रतिवादी मनिष, राजिवले धरिलो हतियार तलवारले मनिष अमितको टाउँकोमा प्रहार गरी घाईते बनाएर झगडा भैरहेको देखेपछि झगडा छुटाउन गएका सरोज कुमार मण्डल र बजरङ्ग राउत माथि समेत तरवार प्रहार भयो । तरवार प्रहारले बजरङ्गको जाँघीमा र सरोजको पेटमा तरवारले हानी आन्तरिक अङ्गभंग गरियो । सरोज त्यही बेलादेखि काठमाडांै स्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो ।


धनौजी गाउँपालिका ५ बहुअर्वाका राम अशिष मण्डलका १८ वर्षीय छोरा मनिष कुमार मण्डल र विमल मण्डलका २३ वर्षीय छोरा राजीव कुमार मण्डल माथि ‘ज्यान मार्ने उद्योग’ मा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरियो । जिल्ला न्यायधीश परशुराम भट्टराईको एकल इजलाशले हत्या अभियोग (ज्यान मार्ने उद्योग) मुद्दालाई सामान्य कुटपिटमा परिणत गरि प्रतिबादीलाई मुक्त गर्ने फैसला सुनाए ।
फैसलामा प्रतिवादी राजीवकुमार मण्डलले गम्भिर घाइते सरोज मण्डलको उपचार खर्च वापत ४ लाख ९२ हजार २५९ रुपैयाँ, घाइते अनिल मण्डललाई ६९ हजार ३ सय र बजरंग प्रसाद राउतलाई ३ हजार १३० रुपैयाँको बिल भर्पाइ उपचार खर्च उपलब्ध गराउने उल्लेख छ । गत पुस १९ गते जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराभ भट्टराइको आदेश भएको ईजलाश अधिकृत समिता श्रेष्ठमार्फत प्रमाणिक फैसलापत्रमा भनिएको छ ।

धनौजी ५ का वडाध्यक्ष कमलनारायण पंकजले भने, ‘सरोजको उपचारको क्रममा पेटमा गम्भिर घाउ भएको थियो । उनको ‘ल्याप्राटोमी’ प्रविधि’ बाट शल्यक्रियाको क्रम जारी थियो । त्यस्तो अवस्थामा न्यायाधीश भट्टराईले कुन विवेकको प्रयोग गरी हत्या अभियोगमा कारागारमा रहेका व्यक्तिलाई कुटपिट मुद्दामा परिणत गरी रिहा गरियो ?’ उनले प्रश्न गरे ।


अदालतको आदेशबाट रिहा भएका व्यक्ति केही दिन नबित्दै विदेश गईसके । यता, घाइते सरोजको सोमबार राति उपचारकै क्रममा असामयिक निधन भयो । सरोजको परिवारजन सहित समग्र गाउँ नै अहिले शोकमग्न अवस्थामा छन् । सबैले अहिले न्यायालयबाट नै अन्याय गरिएको अनुभूति गरिरहेका छन् ।

न्यायकर्ता न्यायाधीश शंकाको घेरामा छन् भने पीडि़त पक्ष सही न्यायको खोजीमा भौतारिरहेका छन् । न्यायिक अधिकार क्षेत्रका व्यक्तिद्वारा नै अहिले सरोजको परिवारमाथि दुःखको पहाड खसाइएको गाउँकै सावित्री देवी श्रेष्ठको आरोप छ । श्रेष्ठले भनिन, ‘सधैँ हाँस्दै, मुस्कुराउँदै दोहो¥याइ–तेहे¥याइ सोधिरहन्थ्यो, कस्तो हुनुहुन्छ ? सब ठीक–ठाक छ नी ? तर आज सरोजको मृत्युले मनै कुडिएर आएको छ ।’
सरोजको परिवारमा उनका आमा, बाबु, पत्नी चान्दनी मण्डल, ९ वर्षीय छोरा भूमि मण्डल र ५ वर्षीया छोरी भूमिका मण्डल छन् । केही वर्ष पहिले सरोजका भाई सुबोध मण्डलको जनकपुरधाम स्थित ग्रीलको काम गर्दैगर्दा करेन्ट लागेर मृत्यु भएको दुःखको पहाड नघट्दै अर्को छोराको मृत्युले परिवार नै विछिप्त छ । एउटा छोराले मृत्युवरण गरेको केही वर्ष नवित्दै दोश्रो परिवार पाल्ने जेठो छोराको मृत्युपछि बुवा रामानन्द मण्डल केवटको मर्नु न बाँच्नुको अवस्थामा छ ।

(धनुषाको धनौजी गाउँपालिका बहुअर्वा स्थित सरोजको शव ल्याएपछि घरमा रुवाबासी चलेको छ : गोविन्द महतो)

२०७९ बैशाख १, बिहीबार ०८:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय