एजेन्सी : बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट वैवाहिक जीवनमा बाँँधिएका छन् । उनीहरुले बिहीबार मुम्बईमा आफ्ना सीमित आफन्त र साथीभाइको उपस्थितिमा विवाह गरेका हुन् ।

विवाह समारोहमा कपुर र भट्ट परिवारका अलावा केही सीमित व्यक्तिको मात्रै उपस्थिति रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विवाहको विषयमा उनीहरुले अन्तिम समयसम्म पनि गोप्य राख्ने प्रयास गरेका थिए । जसका लागि उनीहरुले मिडियासँग समेत दूरी कायम गरेका थिए ।

३९ वर्षीय रणवीर र २९ वर्षीया आलिया विगत चार वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए ।

रणवीर र आलिया चाँडै नै फिल्म ‘ब्रम्हास्त्र’बाट दर्शकमाझ आउँदैछन् । हालै प्रदर्शित आलियाको केन्द्रीय भूमिका रहेको सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘गंगुबाई काठियावाडी’लाई दर्शकहरुले रुचाएका थिए


२०७९ बैशाख २, शुक्रबार १३:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय