वीरगञ्ज : ६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

खेल्न गएको मौका छोपी बालिकालाई आफु बस्ने घरको कोठाभित्र लिएर जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरीले १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्दै आएका ५५ वर्षीय पलट चौधरी रहेका छन् ।

बालिकाका अभिभावकले दिएको जाहेरीका आधारमा चौधरीलाई नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । साभारः यात्राडेली

२०७९ बैशाख २, शुक्रबार १९:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय