नेपालवाणी / जनकपुरधाम ।

अपराध अनुसन्धानमा कार्यरत प्रहरी हबल्दार मनोज महतो धनुषा प्रहरीको फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । शान्ति सुरक्षा, सु–व्यवस्था कायम राख्न अहम् भुमिका निर्वाह गरी प्रहरी प्रति सकारात्मक सन्देश दिन सफल भई आफ्नो पदीय दायित्व कुशल, ईमान्दारीपुर्वक पुरा गरेकोले महतोलाई उत्कृष्ठ प्रहरी (प्रहरी अफ द मन्थ) घोषित गरिएको छ ।

महानगरीय प्रहरी बृत स्वयभु काठमाण्डौ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत महतोलाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । महतोले दुई वटा चोरी भएको मोटरसाइकल खोजतलाश गरी सम्बन्धित व्यक्तिलाई बुझाएको, जर्वजस्ती करणी मुद्दामा फरार रहेका सोनु कुमार भगतलाई पक्राउ गरेको, १८ बर्षीय मुकेश मुखियाको घाँटीमा गोली हालेर भागेका रुपेश यादवलाई पक्राउ गरेको थियो ।

साथै अपराध सम्बद्ध घटनाहरुको सुक्ष्म विश्लेषण गरी अपराधमा संलग्न प्रतिवादीहरुलाई खोज तलास गरी कानुनी दायरामा ल्याई प्रविधियुक्त प्रमाणमुखी अनुसन्धानमा अहम भूमिका निर्वाह गरी पुरानो मुद्धाको फच्र्छौट एवम् फरार प्रतिबादीलाई प्रक्राउ गरी अदालतको फैसला कार्यान्वयन गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका कारण प्रहरी निरीक्षक थापालाई महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

यसअघि पनि महतोले शान्ति सु–व्यवस्था कायम गर्न आफ्नो हरसम्भव प्रयास गर्दै उत्कृष्ठ सफलता समेत हासिल गरेकोले उनलाई उत्कृष्ठ प्रहरीको सम्मान दिईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७९ बैशाख २, शुक्रबार १९:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय