File Photo

सिन्धुली : पक्की पुल निर्माणका लागि सिन्धुलीको कमलामाई–४ ग्वाङखोलामा खनेको खाल्डोमा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ ।

ढुंग्रेबास पुछारबाट–धुराबजार जोड्ने पुल निर्माण स्थलको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर कमलामाई–५ का १२ वर्षीय सिरास भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालक फिक्कल–१ घर भई सदरमुकाम सिन्धुलीमाडीको जनता आवासीय मावि रातमाटामा कक्षा ४ मा अध्ययनरत रहेका थिए । साथीको हल्लीखल्लीेपछि स्थानीयले शव निकालेका थिए ।

निर्माणस्थलमा बारबेर नलाएका कारण बालकको ज्यान गएको भन्दै परिवारजनले शव बुझेका छैनन् । यसअघि पनि सोही खाल्डोमा डुबेका एक बालकको स्थानीयले उद्धार गरेका थिए ।

२०७९ बैशाख ४, आईतवार ०८:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय