
बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकाका मेयर पदमा नेकपा माओवादी केन्द्रबाट युवा नेता शंकर महतोले दावेदारी प्रस्तुत गरेका छन् ।
आसन्न स्थानीय तहको चुनावका लागि दलहरुले धमाधम उम्मेदवारहरुको नाम सिफारिस गरिरहेको बेला बर्दिबासको मेयर पदका लागि माओवादीमा युवा नेता महतोले दावेदारी प्रस्तुत गरेका हुन् ।
विगत दुई दशकदेखि राजनीतिमा सक्रिय रहेका नेता महतोलाई पूर्वमन्त्री एवं महोत्तरी क्षेत्र नं १ का प्रतिनिधीसभा सदस्य गिरीराजमणी पोखरेल निकट मानिन्छ ।
पोखरेललाई महोत्तरी क्षेत्र नं १ मा स्थापित गराउन युवा नेता महतोको ठुलो योग्दान छ ।
महतो हाल नेकपा माओवादी केन्द्र निकट वाइसिएल नेपालका मधेस प्रदेश ईन्चार्जको पद सम्हालेका छन् ।