काठमाडाैं : आसन्न स्थानीय निर्वाचनमा पर्साको वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गर्ने भएका छन्। दुई दलले बिहीबार वीरगञ्जमा चुनावी गठबन्धन गर्ने निर्णय गरेका हुन्।

बिहीबार आयोजित एक कार्यक्रममा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले
तालमेल सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । मेयर एमालेलाई र उपमेयर लोसपालाई दिने गरी दुई दलले वीरगञ्जमा चुनावी तालमेल गरेका हुन्।

गठबन्धनका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलानमा एमालेका भीम आचार्य, रघुवीर महासेठ, लोसपाका लक्ष्मणलाल कर्णलगायत नेता सहभागी थिए ।

सत्ता गठबन्धनको तर्फबाट वीरगञ्जको मेयर जनता समाजवादी पार्टी (जसपा) र उपमेयर नेपाली कांग्रेसले उम्मेदवारी दिने छन्।

२०७९ बैशाख ८, बिहीबार ११:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय