
काठमाडौं : ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् ।
ललितपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाए । घाइतेको संख्या अझै धेरै हुन सक्ने एसपी शाहको बताए । घाइतेहरूको उपचार बिएण्डबी र पाटन हस्पिटलमा भइरहेको छ ।
विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर औद्योगिक क्षेत्रमा रहेको छ ।
विस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो । सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ ।