सर्लाही : जनता समाजवादी पार्टी नेपालबाट बरहथवा नगरपालिकाको उम्मेदवार चयन भएको छ ।

जनता समाजवादी पार्टी नेपालको बरहथवा नगर कमिटी द्वारा मेयर पदको उम्मेदवार अशोक सिंहलाई चयन गरिएको छ भने उप मेयर पद्को उम्मेदवार रन्जु यादबलाई चयन गरिएको जनाएको छ ।

जसपा नेपालका ठूलो जनअधार भएको बरहथवा नगरपालिकाका समग्र बिकाशको लागि सक्षम र योग्य उम्मेदवार चयन भएको पार्टीपंक्तिका नेता तथा कार्यकर्ताले बताएका छ्न ।

मेयर पदका उम्मेदवार जसपा नेपालका केन्दिय कार्यसमिती सदस्य हुन । त्यस्तै उपमेयर पदकी उम्मेदवार रन्जु यादव बरहथवा नगरपालिकाका स्थायी घर भएकी सफल महिली व्यवसायी हुन ।

पार्टीका नेता तथा कार्यकर्तामा सक्षम, लोकप्रिय र योग्य उम्मेदवार छनौट गरेकोमा खुसी व्यक्त गरेका छन ।


२०७९ बैशाख ८, बिहीबार १३:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय