काठमाडौँ : चोरीको मोटरसाइकल चलाउने गरेको आरोपमा जाजरकोटका एक वडाअध्यक्ष पक्राउ परेका छन् ।

नलगाड नगरपालिका–१ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका हुन् ।

गत वैशाख ४ गते नलगाडको कल्पतस्थित सडकमा सवारी धनी कागजात नभएको लु. ५९ प ०२१७ नम्बरको मोटरसाइकल बरामद् भएको थियो ।

बरामद् मोटरसाइकल वडाध्यक्ष पुनले चलाइरहेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

वैशाख ६ गते पक्राउ परेका पुनलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

उनले लामो समयदेखि यो माेटरसाइकल चलाउँदै आएको बताइएको छ ।


२०७९ बैशाख ८, बिहीबार २०:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय