
काठमाडौं : अफगानिस्तानमा भएको बम विष्फोटमा बालबालिकासहित ३३ जनाको ज्यान गएको छ ।
कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विष्फोटमा परेर ३३ जनाको ज्यान गएको र कयौं घाइते भएका बीबीसीले जनाएको छ ।
यसै हप्ता अरु दुई वटा ठूला विष्फोट गराएको आईएसआईएस समूहले नै आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । गएको वर्ष तालिबानले सत्ता कब्जामा लिएयता विष्फोटका घटनामा कमी आए पनि पछिल्लो दुई हप्तायता भने आक्रमण बढिरहेका छन् ।