
महोत्तरी : नेपाली काङ्ग्रेसले बलवा नगरपालिकाको उप-मेयरको टुंगो लगाएको छ । महोत्तरीको बलवा नगरपालिकाका उप-मेयरमा नेपाली काङ्ग्रेसका जिल्ला सद्स्य ममता महतोको टुंगो लगाएको हो ।
नेपाल विद्यार्थी संघको राजनितीबाट काग्रेसको राजनिती सुरु गरेकि महतोलाई बलवाको उप-मेयर दिएको हो ।
नेपाल विद्यार्थी संघको निवर्तमान केन्द्रीय सद्स्य समेत रहेकी महतोले नगरपालिकाकामा शुशासन, शान्ती, सु-व्यवस्था कायम गर्न तथा न्यायको प्रत्याभूति दिलाउन उप-मेयरमा पार्टीले दिएको जिम्मेवारी पूरा गर्न चुनावी मैदानमा उत्रीएको बताईन । उनले भने, “म जनताको सेवक बन्न चाहन्छु , नगरपालिकामा रहेको गरिवी, बेरोजगारी, आर्थिक बिपन्नतालाई हटाएर सबल, समर्द्धी नगर बनाउने परिकल्पना गरेका छौ ।”
नेपाली काङ्ग्रेसको बिधान समिति सद्स्य समेत रहेकी महतोले समाजिक तथा राजनिती क्षेत्रमा काम गर्दै आएकी छ्न । उच्च शिक्षा हासिल गरिसकेकी महतोले जनताको सेवा गर्ने दृढ सन्कल्पका साथ उपमेयरमा चुनाव लडन लागेकी बताईन ।