जनकपुरधाम : नेपाली काँग्रेसले टिकट नदिएपछि पूर्व एसएसपी गोविन्द कुमार साहले धनुषाको विदेह नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन दर्ताको दोस्रो दिन शुभेच्छुकहरुको सहभागितामा निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । नगरको विकास र सुशासनलाई प्राथमिकतामा राखि प्रमुख पदका लागि उम्मेदवारी दिएका साहले शिक्षा, स्वास्थय, कृषि, उद्योग, रोजगार, पर्यटन जस्ता समृद्धिका आधारहरु आफ्नो मुख्य एजेण्डा रहेको बताए ।

पूर्व एसएसपी गोविन्द कुमार साह_govind_sah (2)

केही साता पूर्व साहले चुनाव लड्नकै लागि पार्टीको आश्वासनमा नेपाल प्रहरीको एसएसपी पदबाट राजीनमा दिएर चर्चामा आएका थिए । पार्टीले टिकट नदिए पनि स्थानीयहरुको सहयोगले चुनाव जित्ने भन्दै उनले सबैलाई एक पटक मौका दिन आग्रह गरेका छन् ।

 


२०७९ बैशाख १२, सोमबार १८:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय