कपिलवस्तु : नेपाली कांग्रेसका संविधान सभा सदस्यका उम्मेदवार पाती थारु , निवर्तमान फुलिका बूथ सभापति अतिकुर्हमान मुसलमान तथा निवर्तमान वडा अध्यक्ष सुकदेव प्रसाद तिवारी सहित हजारौ नेता कार्यकर्ता नेकपा एसमा प्रवेश गरेका छन।

नेपाली कांग्रेसका नेताहरुको दादागिरीले गर्दा क्षेत्रीय संसदीय बोर्डले गरिसकेको निर्णय अन्तिममा टिपेक्स लगाएर राप्रपा बाट कांग्रेस प्रवेस गरेकाहरुलाई टिकट दिएका छ्न।

निर्णयलाई प्रभावित पार्न दादागिरी शैलीमा सैकडौ गुण्डाहरुलाई बैठक स्थलमा ल्याई अन्तिम समयमा गैरकानुनी रुपले निर्णय सच्याएको कुरा स्थानिय कांग्रेस नेताहरुले बताएका छन।

कपिलवस्तु जिल्ला नेतृत्वको असन्तुलित निर्णयले गर्दा सैकडौ नेताहरु कांग्रेस पार्टी त्याग गरि अन्य पार्टीमा प्रवेश गरेका छन। जस्को प्रत्यक्ष असर अगामी निर्वाचनमा देखिने कुरा स्थानीयको भनाई रहेको छ।

२०७९ बैशाख १२, सोमबार १९:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय