वीरगञ्ज : बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनको तर्फबाट मेयरमा राजन पौडेल र उपमेयरमा मेघा शाहीको उम्मेदवारी दर्ता भएको छ।

सोमबार गठबन्धनको तर्फबाट उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्। पौडेल नेकपा माओवादी केन्द्रका नेता हुन् भने शाही नेपाली कांग्रेसकी नेता हुन्।

सताधारी पाँच दलबीचको गठबन्धनअनुसार जितपुर सिमरा उपमहानगरपालिकाको मेयर माओवादी र उपमेयर कांग्रेसले पाएको छ।

मेयरका उम्मेदवार ०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रबाट नै मेयरमा लडेका थिए। त्यतिबेला उनी एमालेका उम्मेदवारसित पराजित भएका थिए।

२०७९ बैशाख १२, सोमबार १८:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय