जनकपुरधाम : एमालेको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा शिवशंकर साह हिरा र उपमेयरमा रुना झाले उम्मेदवारी दर्ता गराएका छन्।

सोमबार मनोनयन दर्ताको दोस्रो दिन दुबैजना उपमहानगरपालिकाको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

नगर कमिटीबाट हिराको एकल नाम सिफारिस भएको थियो। पछि लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयरका आकांक्षी रहेका जानकी राम साह एमालेमा प्रवेश गरेपछि टिकट कसलाई दिने भन्ने अन्योल थियो तर आइतवार राति पार्टीले हिरालाई नै टिकट दिएपछि जानकीरामले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्।

त्यस्तै, नेपाली कांग्रेसले जनकपुरधामको उपमेयरमा टिकट नदिएपछि झा सोमबाट मात्र एमाले प्रवेश गरेकी हुन् । उपमेयरको टिकट दिने भनेपछि झाले कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेकी हुन् ।


२०७९ बैशाख १२, सोमबार १९:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय