
प्रवेश सिंह,
बर्दिबास : स्थानीय तहको निर्वाचनमा महोत्तरीस्थित बर्दिबास नगरपालिकाको मेयर पदमा नेकपा एसबाट भीमबहादुर आलेले आफ्नो मनोनयन दर्ता गराएका छन् ।
सोमबार दिउँसो बर्दिबासस्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर आलेले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
आलेसँगै बर्दिबास नगरपालिकाका उप-मेयरमा नेकपा एसबाट कमाला माया वाइवाले आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् ।