सप्तरी : स्थानीय तहको निर्वाचनका लागि सप्तरीको राजविराज नगरपालिकाको मेयर पदमा ११ जनाले मनोनयन दर्ता गराएका छन् ।

जनता समाजवादीबाट भीम राज यादव, कांग्रेसबाट इर्साद अंसारी, माओवादी केन्द्रबाट शम्भुप्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट दिपेन्द्र चौधरी, एमालेबाट अनिल झा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उमेशप्रसाद साह र तराई–मधेश लोकतान्त्रिक पार्टीबाट भुपेन्द्र यादवले उम्मेदवारी दिएका छन् ।

यसैगरी जनमत पार्टीबाट ममता झा, स्वतन्त्रबाट मोहनकुमार राम, रुद्रनारयण चौधरी तथा भरत चौहानले उम्मेदवारी दिएका छन् ।


२०७९ बैशाख १२, सोमबार २१:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय