काठमाडौं : स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ५० हजार ४९४ जनाले उम्मेदवारी दिएका छन्।  स्थानीय तहका ३५ हजार २२१ पदका लागि हुने निर्वाचनमा प्रतिस्पर्धा गर्न यतिधेरै उम्मेदवारी परेको हो। यो गएराति ९ बजेसम्म निर्वाचन आयोगमा आयोगमा आएको विवरण हो। अझै केही स्थानीय तहको विवरण आउन बाँकी रहेको आयोगले जनाएको छ।

निर्वाचत आयोगका अनुसार मेयरमा तीन हजार ४६६, उपमेयरमा दुई हजार १३६, गाउँपालिका अध्यक्षमा तीन हजार ३७८ र उपाध्यक्षमा दुई हजार ३९२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, वडाध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी दर्ता भएको छ।

यसैगरी, मेयरमा एमालेबाट २८८ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा ४४६, उपमेयरमा २८३ र उपाध्यक्षमा ४४५ जनाले उम्मेदवारी दिएका छन्। एमालेबाट वडाध्यक्षमा ६ हजार ४६८ जनाले उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसबाट मेयरमा २६३ र अध्यक्षमा ३८२ जनाले उम्मेदवारी दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा २४८, अध्यक्षमा २९१ जनाको उम्मेदवारी परेको छ। स्वतन्त्रबाट मेयरमा एक हजार ३७६ र अध्यक्ष पदमा एक हजार २४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

उपमेयरमा राप्रपाबाट २२७, कांग्रेसबाट २१० उम्मेदवारी परेको छ। त्यस्तै, उपाध्यक्षमा कांग्रेसबाट ३५९ जनाको उम्मेदवारी परेको छ भने माओवादी केन्द्रबाट ३१४ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ। त्यस्तै, वडा अध्यक्षमा एमालेबाट ६ हजार ४६८, कांग्रेसबाट ६ हजार ७७, माओवादी केन्द्रबाट चार हजार ३८५ र स्वतन्त्रबाट पाँच हजार ८३१ जनाको उम्मेदवारी परेको छ।

महिला सदस्यमा एमालेबाट ६ हजार ३१८, कांग्रेसबाट ५ हजार ९९६, माओवादी केन्द्रबाट चार हजार १०७ र राप्रपाबाट दुई हजार ८९ जनाको उम्मेदवारी परेको छ। दलित महिला सदस्यका लागि एमालेबाट ६ हजार ११२, कांग्रेसबाट पाँच हजार ७३१, माओवादी केन्द्रबाट तीन हजार ८३५ र राप्रपाबाट एक हजार ६३३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

सदस्यमा एमालेबाट १२ हजार ६७०, कांग्रेसबाट ११ हजार ९३४, माओवादी केन्द्रबाट आठ हजार ५३८ र राप्रपाबाट चार हजार ६३० जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ।


२०७९ बैशाख १४, बुधबार ०७:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय