काठमाडौँ : मेचु धिमालको स्वर रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिम्रो सम्झना’ बोलको गीतले प्रेमभाव बोलेको छ ।

सार्वजनिक गीतमा शब्द राजु लामाको छ भने संगीत पनि लामाले नै भरेका छन् । भिडियोमा मोडल रोहिणी मिश्रले लक्ष्मण देवकोटासँग प्रेम साटेकी छिन् । रोहिणी र लक्ष्मणबीच कतै प्रेमको पीडा त कतै रोमान्सका दृश्य भिडियोमा जोडिएका छन् ।

शोभा मिश्रको निर्देशनमा बनेको भिडियोमा छायांकन अर्जुनको छ भने सम्पादन विनोद बमले गरेका छन् । भिडियो ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।


२०७९ बैशाख १४, बुधबार ११:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु