बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ९ को अध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादी)बाट राम बिनोद महतोले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
सोमबार दिउँसो बर्दिबास स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर महतोले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
कृषि क्षेत्रमा सकृय रही सेवा गर्दै आएका वडा अध्यक्ष पदका उम्मेदवार महतो बर्दिबासका एक होनहार युवा नेता हुन् ।
नेकपा एकीकृत समाजवादीको तर्फबाट महोत्तरी बर्दिवास नगरपालिका वडा नं. ९ पशुपतिनगरबाट अध्यक्ष महतो संगै सदस्यीयहरु लक्ष्मी कुमारी आले, ज्ञानेन्द्र कुमार कुशवाहा, रानीदेवी महरा, र दिपेश कुमार यादवले मनोनयन दर्ता गराएका हुन् ।