काठमाडौं : एक्शन किंग टाइगर श्राफ र बी-टाउनकी सुन्दरी तारा सुतारिया अभिनित हिरोपन्ती २ अप्रिल २९ मा हलमा रिलिज भएको थियो । फिल्मले पहिलो दिन औसत ओपनिङ गरेको थियो । तर रिलिजको दोस्रो दिनमा टाइगरको फिल्म बक्स अफिसमा नराम्रोसँग पछारिएको छ । दोस्रो दिन फिल्मको कमाईमा आएको भारी गिरावट चिन्ताको विषय हो ।

फिल्मको दोस्रो दिनको सुस्त कलेक्सनलाई हेर्दा फिल्मलाई लिएर जतिसुकै चर्चा भए पनि टाइगरका लागि त्यो काम नलागेको भन्नु गलत हुनेछैन । फिल्मको एक्सन र थ्रिल हेर्दा टाइगरको ‘हिरोपन्ती २’ले धमाकेदार सुरुवात गर्ने अपेक्षा गरिएको थियो । तर बक्स अफिसको अवस्था हेर्दा त्यस्तो केही देखिँदैन ।

रिपोर्टका अनुसार टाइगरको फिल्मले पहिलो दिन ७ देखि ७.५० करोड कमाई गरेर खाता खोलेको थियो । फिल्मले दोस्रो दिन ठूलो धमाका गर्ने अपेक्षा गरिएको थियो तर अचम्मको कुरा हिरोपन्ति २ दोस्रो दिनमै पछारियो । रिपोर्टका अनुसार फिल्मको दोस्रो दिनको कलेक्सन ४.५० देखि ६.५० करोड रहेको बताइएको छ । योसँगै फिल्मले दुई दिनमा कुल ११.५० देखि १२.५० करोड कमाएको छ ।

टाइगरको हिरोपन्ती २ बक्स अफिसमा अजय देवगनको रनवे ३४ को साथमा जुधेको छ, जसले फिल्मको कमाईमा पनि प्रभाव पारेको देखिन्छ । अर्कोतर्फ हिरोपन्ती २ र रनवे ३४ दुबैले बक्स अफिसमा सुपरस्टार यशको केजीएफ २ सँग प्रतिस्पर्धा गरिरहेका छन्। यस्तो अवस्थामा केजीएफ २ को अगाडि रिलिज भएका सबै नयाँ फिल्मले धुलो चाटिरहेका देखिन्छन् ।

अर्कोतर्फ हिरोपन्ती २ को कुरा गर्ने हो भने फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ । टाइगरको डान्स र एक्सनमा नवाजुद्दीन सिद्दिकीको लैलाको भूमिकामा भिलेनगिरी देखाएर दर्शकलाई प्रभावित बनाएको छ । टाइगर श्राफको यो एक्सनले फ्यानहरुलाई फेरि उत्साहित बनाएको छ । अब आउने दिनमा टाइगरको हिरोपन्ती २ ले बक्स अफिसमा केही गज्जबको कमाई गर्छ कि गर्छ, त्यो भने हेर्नै पर्ने छ ।


२०७९ बैशाख १९, सोमबार १०:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु