
काठमाडाैं : स्थानीय निर्वाचन निजिकिँदै गर्दा चर्चित कलाकारहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले अभिनेता भुवन केसी, अभिनेत्री श्वेता खड्का तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्कासहितका कलाकारलाई कांग्रेसमा प्रवेश गराएका हुन्।
भुवन, श्वेता र रविन्द्र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको पहलमा कांग्रेस प्रवेश गरेका हुन्। अभिनेता खड्काले लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई सघाउने निर्णयअनुसार पार्टी प्रवेश गरेको बताए ।
२०७० को संविधानसभा निर्वाचनमा एमाले प्रवेश गरेका भुनव लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने चर्चा थियो ।
कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, माइती नेपालकी अध्यक्ष कोइराला, निर्देशक नीर शाहलगायत सहभागी थिए।