
वीरगन्ज : बारामा १२ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ७ बगही टोलका २० वर्षीय अफरोज अन्सारी रहेका छन् ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ९ कि ती नाबालिकालाई अन्सारीले वैशाख १० गते साँझ साथीको घरमा जाने क्रममा अपहरण गरी एकान्त स्थानमा लगेर जबरजस्ती करणी गरेका थिए । त्यसपछि ती बालिकालाई अन्सारीले काठमाडौं लगेर आफ्नो कोठामा बन्धक बनाएर राखेका थिए ।
घटनाबारे प्रहरीमा उजुरी परेपछि बाराबाट खटिएको प्रहरीले पीडित नाबालिकालाई अन्सारीले काठमाडौंको कोठामा बन्धक बनाएर राखेको अवस्थामा उद्दार गरी ल्याएको थियो । फरार रहेका अन्सारीलाई भने वैशाख १७ गते पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
पक्राउ परेका अन्सारीविरुद्ध अपहरण शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट ७ सात दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको थापाले बताए ।